• काठमाडौं । पार्टीको आन्तरीक विवादका कारण नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा निकै अप्ठ्यारोमा छन् । कांग्रेसमा देखिएको विवाद समाधान हुन नक्दा उनी अप्ठ्यारोमा परेका हुन् ।

    पटक-पटक बसेको केन्द्रीय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्ण सिटौला समूहले बहिस्कार गरेपछि सभापति देउवा अप्ठ्यारोमा परेका हुन् । संस्थापन पक्षले बैठक बहिस्कार गर्ने संकेत देखाएपछि पछिल्लो समय त कांग्रेस केन्द्रीय समित बैठक नै बस्न सकेको छैन ।

    पुस २६ गते सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता पौडेल पक्षले वहिष्कार गरेपछि देउवा अप्ठ्यारोमा पर्दै गएका हुन् । पार्टी भित्रको समस्या सतहमा देखिएको थियो ।

    केहो पौडेलको असन्तुष्टिको जरो

    सभापति देउवाले विभागहरूको संख्या थप गर्ने लगायतका प्रस्ताव बैठकमा ल्याएपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो ।

    १४औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघ भित्रको विवाद, तरुण दल लगायतका समस्या समाधान गर्ने विषयमा संस्थापन पक्ष गम्भीर नदेखिएको भन्दै वरिष्ठ नेता पौडेल पक्षधर नेताहरूको भनाइ छ ।

    असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर बैठक राख्नका लागि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक पुस १० गतेका लागि बोलाएका छन् । तर, त्यसबीचमा पनि सहमति जुट्ने सम्भावना क्षिण बन्दै गएको देखिएको छ ।

    समस्या समाधान गर्न समिति गठन

    सभापति देउवाले पार्टी भित्रका समस्या समाधान गर्न समिति नै गठन गरेका छन् । संस्थापन पक्षबाट उपसभापित विमलेन्द्र निधि र संस्थापन इत्तर पक्षबाट पूर्व महामन्‍त्री प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । उनीहरू पटक-पटक छलफल भए पनि छलफल निष्कर्ष बिहीन हुनेगरेको छ ।

    विवादित विषय दुबै पक्षका शीर्ष नेताहरूसँग थप छलफल गरेर निष्कर्षमा वार्ता समितिले जनाएको छ ।

    महाधिवेशन नजिक, विवाद झागिदो

    वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका छन् । सभापति देउवाले महाधिवेशनको कार्यतालिका प्रस्तुत नगर्न खोजेको उनको आरोप थियो ।

    पौडेल पक्षले २०७७ सालको मंसिर पहिलो सातामा महाधिवेशन गर्न प्रस्ताव गर्दै आएको छ । तर, संस्थापन पक्षले फागुनमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । यसमा पनि पार्टी विवादको हलो अड्‍किएको छ ।

    लथालिंग भातृ संगठन

    नेपाली कांग्रेसका भातृ संस्था पनि लथालिंग अवस्थामा पुगेका छन् । नेविसंघको अधिवेशन नभएको दश महिना पुगिसक्यो । तरुणदल नेतृत्व बिहीन बनेको दुई महिना भइसक्यो ।

    आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस भातृ संगठन लथालिंग बनेका हुन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…