समय परिवर्तनसिल छ, परिवर्तन प्रकृतिको नियम हो । हिजो आज र भोलिको गुणात्मक समिक्षा नै दुरगामी भबिष्य हो ।
परिवर्तनको संवाहक कांग्रेस राणाको चरम अन्याय बिरुद्ध २००७ सालको क्रान्ति साथै २०१५ सालको दुई तिहाई बहुमतमा महामानव विश्वेश्वर प्रसाद कोईरालाको अनुयायी जसमा दुई तिहाई भित्र जातिय भाषिक धार्मिक समाबेशिताको अंकुरण सहितको समाजबाद नेपाली कांग्रेसको स्वरुप हो भन्नुमा अतियुक्ती नहोला राजा महेन्द्रको निरंकुशतामा लादिएको पंचायत विरुद्ध सोच र खोजको बहुदलसंग जोदिएको कांग्रेस २०४६ सालको संविधान कै प्रणयता भन्नु कांग्रेसको बास्तबिकता हुन आउँछ ।
जनताको बहुमतमा उन्मात कांग्रेस २०५१ सालको मध्यावधि नै कांग्रेसमा छायाको सुर्य ग्रहण हो। २०४८ को स्थानीय बिकास मन्त्री रामचन्द्र पौडेलको ग्रामीण स्वाभलम्बन तत्कालीन ५० हजार रुपैया गाबिस बजेट थियो। मध्यावति पछि आफ्नै कार्यकालको मन्त्रालयको घर्रामा कांग्रेसले छाडेको नीति तथा कार्यक्रमलाई तत्कालीन मुलुकका प्रधानमन्त्री मनमोहन अधिकारीले सस्तो नारा साभर गरि एमालेको आफ्नो गाउँ आफै बनाउको सस्तो प्रचार नारा नै मध्यावधि पछि कांग्रेसका लागि प्राण घातक राजनितीक नारा साबित भयो।
२०५२ मा उदय भएको माओवाद बहुदलको प्रर्याय दुर्गामी असर साबित भयो । कोही कसैबाट उक्साहत भएको माओवाद यो देशको घातक अवसरवादको रुपमा परिणत भयो।राजा बिरेन्द्रको महानतामा छिमेकी राष्ट्रको कु दृष्टिसँगै राजदरबार हत्या काण्डपछि जन्मिएका राजा ज्ञानेन्द्रको माओवादको चाहना यो देशमा परिवर्तनको बाधक थियो।
क्रान्तिको नाममा अबसरवाद माओबादीलाई लोकतान्त्रमा ल्याउनु कांग्रेसको सफल इतिहासको अर्को इतिहास थियो। चलखेलमा बिकाउ कम्युनिस्टले गरेको भ्रम खेतीलाई आम जनता माझ पुर्याउन नसक्नु २०४६ को हार नीति थियो।कम्युनिस्टको बिकाउ नीतिलाई जनताले बुझेपछि २०७० मा दिएको मतदान कांग्रेसले संबिधानको लागि दिएको जनमत स्विकार गर्यो।
तर, जनहित मतदानको समिक्षा गरेन त्यो नै कांग्रेसको लागि पछुटो साबित भयो । हो, संबिधान दियो कांग्रेसले महामानव विश्वेश्वर कोइराला बिर्स्यो। आफ्नो गुटको भातृ संगठन सम्झियो कांग्रेसले नेपाली मतदातको भातृत्व बिर्सियो । आ आफ्नै गुटको मनोभावना र मनोदशामा कांग्रेस रमायो ।कांग्रेसले मतदाताको भाबनामा खेलवार गर्यो ।
आफ्नै नातागोता, परिवारबाद चाकडीवाद सम्झियो कांग्रेसले, संस्थापक नेताको समाजबाद चटक्कै पन्छायो। कांग्रेसको गल्तिले जन्मिएको कम्युनिस्ट सरकार जसमा चार प्रधानमन्त्री रहदा देशले संबिधान पाउन सकेन । समिक्षा गरौं । कांग्रेसको इतिहास प्रष्टसंग केलाउ, पार्टीमा गुट होइन जुट चाहिएको छ ।
कांग्रेसमा संथापन होइन क्षमता चाहिएको छ । दुई तिहाईमा उन्मात कम्युनिस्टको असफल देशको बिकास नीतिलाई समिक्षा गरौं। भर्खरै देशमा भएको उप निर्बाचन जुन धरानको लालकिल्ला भत्किएको समिक्षा, चितवनमा प्रचण्ड र प्रचण्ड पुत्रीको दबदबा बिच निस्किएको कांग्रेसको बिजय झन्डा, भक्तपुरमा जनताले दिएको जनमत लगाएत देशभरी कै मतदाताको आकांक्षालाई समेत्न म र त कांग्रेस नभनी राष्ट्र र सक्षम नेतृत्व पार्टीको हरेक तप्कामा हुनु पार्टीको सुदृढीकरण र जनजागरण हुन आउनेछ। जय नेपाल (लेखक : नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य हुन् ।)