• काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाइ मत ल्याउने बताएका छन् ।

    चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार भएको कार्यक्रममा प्रचण्डले अबका तीन वर्ष सरकार र पार्टीले गर्ने कामले आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउने दाबी गरे ।

    ‘सरकार र पार्टीको कामबाट हामी एक्लैले दुई तिहाइ मत ल्याउने सुनिश्चितता गरेका छौं,’ उनले भने । केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम गर्ने बताउँदै उनले त्यसले उत्साह ल्याउने पनि बताए ।

    पार्टी र जनताबीच जीवन्त सम्बन्ध नहुँदा जित्नुपर्ने कतिपय ठाउँमा उपनिर्वाचनमा पराजित हुनु परेको उनले बताए ।

    ‘केही ठाउँहरू हामीले हार्ने कल्पना पनि नगरेको ठाउँ हारियो,’ उनले भने । विकास निर्माणका काम जनताले चाहे जस्तो छिटो नभएको उनले बताए ।

    लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि नेपालको भएको भन्दै उनले अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक पहल भइराखेको बताए।

    ‘कालापानी क्षेत्रबाट सेना हटाउने यो अबसर पनि हो,’ उनले भने, ‘कुटनीतिक तवरबाटै सीमा विवाद हल गर्छौं ।’ उनले नेपालका भूमि एक इन्च पनि अरूलाई नदिने र अरूको एक इन्च पनि नलिने बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…