• काठमाडौं ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई दुई पन्ने पत्र बुझाएका छन् । उनले पत्रमा महत्वपूर्ण विषयमा निर्णय गर्दा सभापति हुँ भन्ने सोचेर उदार भएर निर्णय गर्न आग्रह गरेका छन् ।

    सभापति देउवाले बहुमतका आधारमा महाधिवेशन मिति घोषणा गरेपछि रामचन्द्र पौडेल र सिटौला पक्ष रुष्ट छन् । उनीहरुले निरन्तर केन्द्रीय समिति बैठक बहिष्कार गरेकाले देउवा पनि अप्ठेरोाम छन् ।

    सभापतिले बहुमतबाट केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने र १४औं महाधिवेशनको मिति तोक्ने निर्णय गरेपछि असन्तुष्ट रहँदै आएका सिटौलाले मंगलबार सभापति देउवालाई पत्र बुझाउँदै पार्टी सभापति भएर उदारतापूर्वक निर्णय गर्न भनेका हुन् ।

    ‘१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो,’ सिटौलाले देउवालाई बुझाएको पत्रमा भनिएको छ, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाईं कुनै गुटको होइन, नेपाली कांग्रेसको पार्टी सभापति हो भन्ने कुरा स्मरण गरेर साथै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्दछ ।’
    पत्रमा सिटौलाले बृहत् एकता नै आजको अपरिहार्य र प्रथम आवश्यकता भएको उल्लेख गर्दै एकतालाई मजबुद बनाउन पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नका लागि पहलकदमी लिन समेत सभापति देउवालाई आग्रह गरेका छन् ।

    पत्रमा भनिएको छ, ‘पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, यो पार्टीको परम्पराविपरीत त छ नै, आजको विषम् परिस्थितिमा पार्टी र लोकतन्त्रको हितविपरीत पनि छ । पार्टीको महाधिवेशन जस्तो सर्वाधिक महत्वपूर्ण विषयको कार्यतालिका र कार्यविधि बहुमत–अल्पमतबाट निर्णय गर्ने कुरालाई कुनै पनि तर्क, बहाना वा परिस्थितिले यसको औचित्य पुष्टि गर्न सक्दैन ।’
    सिटौलाले पत्रमार्फत केन्द्रीय समितिको बहुमतबाट तय गरिएको महाधिवेशनको कार्यतालिका सच्याई क्रियाशील सदस्य छानबिन समिति समेत गठन गर्ने गरी पार्टीको पूर्ण बैठक बसेर सहमतिमा नै महाधिवेशनको पूर्ण कार्यतालिका बनाउनुपर्ने सुझाव दिएका छन् ।

    पार्टीको केन्द्रीय विभाग र समिति वा अन्य संरचना बनाउँदा विधानअनुसार सहमतिबाटै बनाउनुपर्ने सिटौलाले पत्रमा उल्लेख गरेका छन् ।

    पार्टीका भातृसंस्था, सुभेच्छुक संस्थालाई नियमित रुपमा विधान बमोजिम नेतृत्व चयनको वातावरण बनाउनुपर्ने पनि उनले भनेका छन् ।

    कांग्रेसको ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका ल्याउनुका साथै विभागहरु थपेर २८ बाट ४७ पु¥याउने निर्णय गरेको थियो ।
    (राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…