• काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ। निर्वाचन आगामी माघ ९ गते हुँदैछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक-अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको आज जानकारी दिए।

    यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक÷अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन भएका छन्।

    काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। उक्त सहमतिअनुसार प्रदेश नं २ मा हुने चार सदस्य पदको निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीले दुई÷दुई पदमा उम्मेदवारी दिनेछन्। नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ। संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रियसभामा ५९ सदस्य हुन्छन्।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …