काठमाडौं / गत शुक्रबारको तुलनामा आज पुस २० गते आइतबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ८२ पैसा र बिक्रिदर १५० रुपैयाँ ६१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ८ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४८ पैसा रहेको छ।