काठमाडौं । अमेरिका इरानबीचको तनाव सुनको मूल्यमा देखिएको छ । बुधबार सुनको मूल्य फेरि एक हजारले बढेर नयाँ कीर्तिमान राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजारले बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य ७६ हजार पुगेर मंगलबार पाँच सयले घटेको थियो ।
तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधवार चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।