• काठमाडौँ , २९ पुस : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी शनिबार सातओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

    आगामी माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आयोगले सातओटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।

    आयोगले प्रदेशको उच्च अदालत रहेको स्थान जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ ।

    निर्वाचन आयोगकाअनुसार प्रदेश नम्बर–१ को मोरङमा, प्रदेश–२ को धनुषामा, प्रदेश–३ को ललितपुरमा, प्रदेश–४ को कास्कीमा, प्रदेश–५ को दाङमा, प्रदेश–६ को सुर्खेतमा र प्रदेश–७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ

    न्याय परिषद सचिवालयबाट प्राप्त नामावलीअनुसार सातजना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…