• मोरङ । प्रदेश नं. १ को नामाकरण तत्कालको लागि किरात लिम्बुवान राख्न छलफल सुरु गर्नुपर्ने बक्ताहरुले बताएका छन । लिम्बू बिध्यार्थी मन्च मोरङले आइतबार पथरीमा आयोजित यले नयाँ बर्ष ५०७८ तथा कक्फेवा तङ्नामको अबसरमा आयोजित शुभकामना कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन । कार्यक्रममा मन्चका केन्द्रीय अध्यक्ष फिपराज लिम्बू, पुर्बमाहासचिव लोकसागर साम्बा, बर्तमान सचिव योबाहाङ लिम्बू, किरात राई विध्यार्थी संघका पूर्ब केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष केसर राई, किरात याक्थुम चुम्लुङको मोरङ जिल्ला अध्यक्ष विवेक लिम्बू, लिम्बू बुद्धिजीवी राजकुमार पालुङ्वा लगायतले बोलेका थिए ।

    बक्क्ताहरुले तत्कालको लागि १ प्रदेशको नाम किरात लिम्बुवान राख्न छलफल सुरु गर्नुपर्ने बताएका थिए। लिम्बू समुदायलाई बिखण्डनकारी भनेर सर्बोच्च अदालतमा मुद्दा परेको र विश्वबिध्यालयको कोर्षमा लिम्बू समुदायलाई सिक्किमवाट आएको भन्ने उल्लेख भएकोमा बक्ताहरुले कडा शव्दमा आलोचना गरेका थिए । यले सम्बत यले सम्बत किरात बंशको पहिलो संम्राट यलम्बरको सम्झनामा स्थापित सम्बत हो । किरातीहरुले प्रत्येक बर्षको माघ १ गते नयाँ बर्ष मनाउदै आएका छ्न ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…