• मोरङ । एक नम्बर प्रदेशमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु सँग नेपाली काग्रेसका केन्दिय सदस्य डा. शेखर कोइरालाले छलफल गरेका छन् ।

    समसामयीक राजनीतिक परिस्थिति र राष्ट्रिय सभाको निर्वाचनको सेरोफेरोमा रहेर उनले जन प्रतिनिधिहरुसँग मंगलबार कोइराला निवासमा छलफल गरेका हुन । छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए ।

    जनप्रतिनिधीलाई बोलाएर कोइरालाले विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको र त्यस सँग जुध्न पार्टी एकढिक्का हुनपर्ने बताए ।
    कोइरालाले सरकारको गतिविधि अधिनायवाद तर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए ।

    प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए । छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।

    उनीहरुले कांग्रेस विजयी भएका स्थानीय तहहरुमा समेत काम गर्न कठिनाई भएको गुनासो गरेका थिए । निवासमा गरिएको छलफलमा प्रदेश १ मा विजयी भएका पहाडी तथा मधेशका विभिन्न तहका प्रमुखहरुको सहभागिता थियो ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…