• काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठक सञ्चालन गरी सभामुख निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेको छ।

    आज सिंहदरबारमा बसेको बैठकले आगामी माघ ६ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेको हो ।

    कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिङ्गको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनीसमेत दिएको छ ।

    संसद अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरूद्ध भइरहनु सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको अकर्मण्यताको परिणाम भएको कांग्रेसको ठहर छ ।

    कांग्रेसले संवैधानिक व्यवस्थामा अनुसार नै सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने माग गरेको छ ।

    यस्तै कांग्रेसले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग पनि माग गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…