• उर्लाबारी/ मोरङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसद जनताको घरदैलोमा पुगेर समस्या सुन्न थालेका छन् ।

    चुनाव जितेपछि नेताहरू गाउँ नफर्किने गुनासो हुन नदिन मंगलबार प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा र प्रदेशसभा सांसद् कुशल लिम्बू जनताको घरदैलोमा पुगेर समस्याका बारेमा जानकारी लिएका हुन् । जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउँदै उनीहरूले मोरङ क्षेत्र नं. १ लाई नमुना बनाउने गुरु योजना तयार भएको बताएका छन् ।

    सांसद्सँगै उर्लाबारी नगरपालिकाकी उप–प्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी वडा नं. ९ का वडाध्यक्ष बमबहादुर फ्याकलगायत पुगेका थिए । प्रतिनिधिसभा सांसद खतिवडाले मोरङ क्षेत्र नं. १ मा रहेका विभिन्न खोलाहरूमा दीर्घकालिन तटबन्धनको व्यवस्थापनका मिलाउन सम्बन्धित निकायमा पहलकमी लिने बताएका छन् । जनताका आधारभूत आवश्यकता पूरा गर्दै समृद्ध क्षेत्रका रुपमा मोरङ १ लाई अघि बढाउने आफूहरुको योजना रहेको उनले सुनाए ।

    उनले क्षेत्रवासीलाई विकासको अनुभूति गराउने गरी काम गर्ने योजना बुनेको पनि बताएका छन् । जनताको इमान्दार सेवक र भरिया भएर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनताको आशा र अपेक्षा पूरा गर्नका आफू सदैव सक्रृय रहने बताएका छन् ।

    त्यस्तै, प्रदेशसभा सांसद लिम्बूले जनताको सेवक भएर काम गर्न आफूहरू आएको बताउँदै मावा र बक्राहा खोला तटबन्धन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । “जनताले दिएको विश्वास कुनै हालतमा पनि डगमगाउन दिनेछैन” लिम्बूले भने “जनतालाई विकासको अनुभूति गराउने गरी काम गर्छौं ।” साझा प्रतिनिधिको रूपमा जनताको समस्या समाधान, आवश्यकताको सम्बोधन, विकास र सम्मृद्धीको अभियानमा केन्द्रित हुने उनको भनाइ छ ।

    उनले स्थिर सरकार निर्माण गरी मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजान आम जनताले दिएको जनमत अनुसार आफूहरू अगाडि बढ्ने बताउँदै निर्वाचनमा मतदान गरी विजयी गराउने मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए । उनले स्थानीय स्रोत र साधनको उपयोग गर्दै सम्भावनाहरुको उजागर गर्नतर्फ आफ्नो प्रमुख जोड रहने बताउँदै सबैसँग हातेमालो गर्दै विकास निर्माणलाई अगाडि बढाउने बताएका छन् । आगामी योजना निर्माणमा आफूहरू जनताका समस्याहरु बुझ्नको लागि गाउँ गाउँमा पुगेको बताउँदै जनताको सच्चा सेवकका रुपमा आफूले काम गर्ने पनि सांसद् लिम्बूले बताए । मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदलाई स्वागतका साथै स्थानीयले विभिन्न विकास योजनाको माग र समस्याको बारेमा ध्यानाकर्षणसमेत गराएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…