• मोरङ । प्रतिनिधि÷प्रदेशसभाको निर्वाचन बारे मोरङ—३ क्षेत्र ‘क’को मंगलबार भएको समीक्षामा सुकुम्बासी समस्या र प्रत्यासी नेपाली कांग्रेसका उमेद्वार सुनिल शर्माको रकम वितरणको कारण मत कम आएको समीक्षा भएको छ । स्थानीय तहको निर्वाचनमा ३ नम्बर क्षेत्रमा १९ हजार ४०७ मतले अन्तर थियो । उक्त क्षेत्रमा कांग्रेस उमेद्वारभन्दा गठबन्धनका उमेद्वार १९ सय ७ झिनो मतले एमालेका भानुभक्त ढकाल विजय भएका थिए । एमालेका ढकालले ४२ हजार ४१३ र कांग्रेसका शर्माले ४० हजार ५०६ मत प्राप्त गरेका थिए । प्रदेशसभा ‘क’मा भने वाम गठबन्धनका उमेद्वार माओवादी केन्द्रकी गीता तिम्सिनालाई ९ मतले पछि पार्दै कांग्रेसका सुयर्माराज राई विजय भएका थिए । त्यहा स्थानीय तहको निर्वाचनमा वाम गठबन्धन कांग्रेसभन्दा १० हजार १२९ मतले अगाडि थियो ।


    यसरी मत कम आउनुमा कांग्रेस उमेद्वार सुनिल शर्माले नोवेल अस्पतालको नाममा बटुलेको ‘कलो धन’ वितरण नै मुख्य कारण रहेको समीक्षामा निष्कर्ष निकालेका छन् । उक्त क्षेत्रमा २०४८ सालदेखि नै एमाले र माओवादीले अत्याधिक मतले जित्दै आएका थिए । यो पटक मत कम आउनुमा तत्कालीन अवस्थामा निर्वाचन जित्ने भरतमोहन अधिकारी, लालबहादुर सुश्लिङ मगरदेखि चण्डीप्रसाद राईसम्मले सुकुम्बासी समस्या समाधान गर्न नसक्नु पनि अर्को कारण भएको वक्ताहरुले समीक्षा गरेका थिए । कम्युनिष्ट भएरपनि निर्वाचनको बढीभन्दा बढी भार उमेद्वारलाई थोपर्ने प्रद्धतिले पनि निर्वाचनमा समस्या भएको उमेद्वारहरुले अनुभव सुनाएका थिए । समीक्षा कार्यत्रममा बोल्दै नवनिर्वाचित उमेद्वार भानुभक्त ढकालले आपूm निस्वार्थ रुपमा पाँच बर्ष क्षेत्रमा जनताको सेवा गर्ने बताए । निर्वाचनको समयमा गरिएको प्रतिवद्धताहरु पुरा गर्न सकेसम्म क्षेत्रमा बसेरै लाग्ने बताए । क्षेत्रका संयोजक विनिता घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभाका उमेद्वार गीता तिम्सिना, पूर्व सांसद चण्डीप्रसाद राई, बालकुमार मागर, जहरमान लिम्बू, नवीन राई, अर्जुन बुढाथोकी, अर्जुन जम्नेली राई लगायतले बोलेका थिए । निर्वाचनमा करिव १४ लाख ऋणतिर्न बाँकी रहेको आर्थिक समितिले विवरण प्रस्तुत गरेका थिए ।






     







सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…