• उर्लाबारी/उर्लाबारी–5 स्थित अरनिको अस्पतालले पूर्णकालिन रुपमा स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ सेवा उपलब्ध गराउन थालेको छ । मंगलबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले पूर्णकालिन रुपमा गाइनेकोलोजिष्टले विशेषज्ञ सेवा दिने अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिए । निःशुल्क रुपमा सुरक्षित मातृत्व सेवा प्रदान गर्दै आएको अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर राजेश्वर साहले विशेषज्ञ सेवा दिनेछन् । साह यसअघि चितवन मेडिकल कलेजमा तीन वर्ष कार्यरत थिए ।



    यो सँगै अरनिको अस्पताल विराटनगर बाहिर ५ जना विशेषज्ञ डाक्टरहरुले पूर्णकालिन सेवा दिने पहिलो अस्पताल भएको अस्पताल प्रशासनले जनाएको छ ।
    कार्यक्रममा अस्पतालमा आएका दुई जना पूर्णकालिन डाक्टर तथा विशेषज्ञ डाक्टरहरुलाई समेत परिचय गराएको थियो ।



    यसैबीच अरनिको अस्पतालले आगामी वैशाख पहिलो सातादेखि सिटिस्क्यान सेवा उपलब्ध गराउने जनाएको छ ।अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर सन्दिप अधिकारीका अनुसार सिटिस्क्यान सेवाका लागि यस क्षेत्रका मानिसहरु अन्यत्र जानु पर्ने भएकाले उक्त सेवा अस्पतालले नयाँ वर्षदेखि उपलब्ध गराउन लागेको बताए ।

    उर्लाबारी–५ स्कूललडाँडामा रहेको अरनिको अस्पतालले विगत तीन वर्षदेखि यस क्षेत्रमा स्वास्थ्य सेवा दिदै आएको छ । अस्पतालले हाडजोर्नी, रोडियोलोजि, विभिन्न किसिमका अपरेशनहरु सामान्य खर्चमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक चिरञ्जीवि चुडालले जानकारी दिए ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…