• काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ । बैठक बिहीबार बिहान ११:०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ ।

    बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यका साथै निर्वाचनमा पार्टीको पराजयलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । निर्वाचनपछि पार्टीमा विशेष गरी संगठन सुदृढीकरणका लागि विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…