• उर्लाबारी,  ३ माघ । उर्लाबारी–४ का दीपेन्द्र थापालाई माहुरीसँग लुकामारी खेल्दैमा भ्याइनभ्याइ छ यतिबेला । तोरी फुलेको मौका छोपी थापालाई मह काढ्ने चटारोले छोपेको हो । हेमन्त र शिशिर ऋतु मह उत्पादनको उचित समय मानिन्छ ।

    उसैपनि बाक्लो हुस्सुले ढाकेको छ, तराई । कतिबेला घाम लाग्छ भनेर मह पालक कृषकहरु पर्खेर बस्नु दिनचर्या नै हो । किनभने घाम लागेको दिनमा मात्र मह काढिने गरिन्छ । पारिलो घामले धर्तीमा छुने वित्तिकै थापा मह काढ्न लागि पर्छन् । यतिबेला उर्लाबारीका अग्रणी माहुरीपालक कृषकका रुपमा गनिएका थापाको “माहुरी मोह” को कथा भने बेग्लै छ ।

    माहुरीपालनलाई ‘पार्ट टाइम’ व्यवसाय भन्दा फरक पर्दैन । यसलाई बंगुर, बाख्रा, कुखुरा वा गाई–भैंसीलाई जस्तो चौबीसै घण्टा टहल गर्नुपर्दैन । मह बनाउन आफैं कठिन परिश्रम गर्ने माहुरी पालनलाई पशुपालक र फलफूल किसानललगायत सबैजसो पेसाकर्मीले ‘पार्ट टाइम जब’ बनाउन सक्छन् ।

    उनी पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मे हुर्के । किशोरावस्था पार गरेपछि तेह्रथुमकै फाक्चामारामा केहि वर्ष शिक्षण पेशामा रमाए । गाउँ घरमा काठको मुढालाई मादल जस्तो टोड्को बनाएर माहुरी पालेको उनले अनुभव गरेकै हुन् । तर, व्यवसायिक रुपमा माहुरी पाल्न सकिन्छ भन्ने उनले कल्पनासम्म गरेका थिएनन् ।

    बसाइसराईको सिलसिलामा उर्लाबारी झरेका थापा खेतीपाती र ट्याक्टर व्यवसायलाई नै जीवन निर्वाहको आधार बनाइरहेका थिए । उनले उर्लाबारी बहुमुखी क्याम्पसमा स्नातकसम्म अध्ययन गरे । २०६९ सालमा थापालाई माहुरीपालन तालिम लिने अवसर जु¥यो । अवसर त जु¥यो, उनले सो तालिमको प्रस्तावलाई गम्भीरतापूर्वक भने लिएनन् । दीपेन्द्र थापा भन्छन्, “उपस्थिति जनाउन मात्र लिएको तालिमले मेरो व्यवसायको माध्यमनै बदल्यो ।”

    उर्लाबारी नगरपालिकाभर दर्जन बढी माहुरीपालक कृषकहरु व्यवसायिक रुपमा सक्रिय छन् । ती मध्ये थापा माहुरीपालन मात्र गर्दैनन् । उनी मेलिफेरा जातका माहुरी र त्यसका घार बिक्री साथै माग अनुसार माहुरी पालिएकै ठाउँमा पुगेर मह काढ्ने विधि पनि सिकाउँछन् । एक वर्षअघि ७३ घार माहुरी पालेका थापाले यो सिजनमा भने ३५ घार मात्र माहुरी पालेको बताए । यहि सिजनमा ६ सय केजी मह उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । थापाले वर्षमा दुई सिजन गरेर ६ लाख बढी आम्दानी गर्दै आएका छन् । माग अनुसार बजारमा उत्पादन पु¥याउन नसकिएको थापाको कथन छ । उनी भन्छन् “घरमै बेच्न भ्याइ नभ्याई छ, बजार पु¥याउन उत्पादनले नै भ्याएको छैन ।” उनी अहिले मौरीको चरन व्यवस्था, गोला निर्माण लगायत सबै कामको विज्ञ बनेका छन् । शिवराज ले पनि सुरुगरे  ।

    उनीबाटै प्रभावित भएर पछिल्लो पटक उर्लाबारी–२ भुसीका शिवराज थापापनि माहुरीपालनप्रति उत्साहित भएका छन् । उर्लाबारी चौकमै पसल गर्दै आएका शिवराजले माहुरीपालन फर्म नै सञ्चालनमा ल्याएका छन् । कक्वाली कृषि फर्म सञ्चालनमा ल्याएका शिवराजले सुरुवाती चरणमा दुई दर्जन घार माहुरी पालेका छन् । उनले यो सिजनमा मह उत्पादनपनि गरिरहेका छन् । माहुरीका अलवा शिवराजले अर्गा्निक तरकारी खेती र लोकल कुखुरा पनि पालेका छन् ।

    नेपालमा वार्षिक १५ हजार टन मह उत्पादन हुने चरन छ । आवश्यकता र समय हेरेर फापर, रुदिलो, चिउरी, तोरी, तोरा लगायतको व्यावसायिक खेती गरे माहुरीको चरनलाई अझ राम्रो पार्न सकिने माहुरीपालकहरु बताउँछन् । माहुरीपालक दीपेन्द्र थापा नेपालमा असार, साउन र भदौमा माहुरीलाई चरनको निकै समस्या हुने बताउँछन् । “बाँकी नौ महीना माहुरीहरूलाई मजाले व्यस्त बनाउन सकिन्छ”, पाँच वर्षको अनुभवको आधारमा थापा भन्छन्, “यो अवधिमा चाहेजति व्यावसायिक बिस्तार गर्न वा माहुरीको संख्या बढाउन पनि सकिन्छ ।” कृषिमा माहुरीपालन सजिलो व्यवसाय हुँदाहुँदै पनि यसका अनेकौं समस्या छन् । माहुरीपालक किसानले आफ्नो ठाउँबाट काम गरेपनि सरकारले माहुरीलाई अरू कीटपतङ्गको रूपमा मात्र बुझिदिंदा यसबाट पाइने जति लाभ लिन नसकिएको उनको भनाइ छ ।

    त्यस बाहेक चरनको लागि धेरै टाढा पु¥याउनु पर्ने समस्या पनि छ । र पनि, लगानीको तुलनामा धेरै फाइदा हुने र काम गर्न पनि सहज हुने भएकोले यो व्यवसाय उत्साहजनक छ । माहुरीपालनलाई ‘पार्ट टाइम’ व्यवसाय भन्दा फरक पर्दैन । यसलाई बंगुर, बाख्रा, कुखुरा वा गाई–भैंसीलाई जस्तो चौबीसै घण्टा टहल गर्नुपर्दैन । मह बनाउन आफैं कठिन परिश्रम गर्ने माहुरी पालनलाई पशुपालक र फलफूल किसानललगायत सबैजसो पेसाकर्मीले ‘पार्ट टाइम जब’ बनाउन सक्छन् ।

    माहुरीले फलफूल र अरू बालीहरूमा परागसेचन प्रक्रिया चलाइरहेका हुन्छन् । यसबाट फलफूल तथा बीउ उत्पादन वृद्धिका साथै वातावरण सन्तुलनमा सघाउ पुगिरहेको हुन्छ । माहुरीको कुटबाट बन्ने मैनबत्ती सुगन्धित र स्वस्थकर हुन्छ । नेपालमा मेलिफेरा र सेरेना प्रजातिका माहुरी पाल्ने गरिएको छ । मह उत्पादनको हिसाबले बढी फाइदाजनक मानिने मेलिफेरा माहुरी सेरेनाभन्दा अलि ठूलो र कालो हुन्छ ।

    दीपेन्द्र थापाका अनुसार एक घार माहुरीबाट वार्षिक ४० किलोसम्म मह उत्पादन हुन्छ । यो अनुपातमा एक सय घार माहुरीबाट मोटामोटी १२ लाख आम्दानी हुन्छ । अर्को कुरा मह ५० वर्षसम्म पनि बिग्रिंदैन । पुरानो महमा औषधीय गुण बढी हुने मानिन्छ । श्रमको पर्याय माहुरीको कुरा गर्दा नेपालीहरूको कामप्रतिको लगाव र मिहिनेतलाई पनि सम्झ्नुपर्छ । अहिले २० लाखभन्दा बढी नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । सरकारले यो पक्षलाई हेरेर पनि माहुरी पालन सम्बन्धी व्यावहारिक नीति बनाउनुपर्ने हुन्छ ।

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …