काठमाडौ, २७ माघ । सिटी एक्सप्रेस फाईनान्सको बित्तीय अवस्था कमजोर देखिएको छ । अन्य फाईनान्सहरुले करोडौं रुपैयाँ खुद मुनाफा कमाई रंहदा सिटी एक्सप्रेसले भने नोक्सानी बेहोरेको छ ।
फाईनान्सले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा पाँच लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको हो । गत आवको सोही अवधिमा भने फाईनान्सले १२ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुंजी ४० करोड रुपैयाँ रहेको फाईनान्सले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ११ करोड ५५ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक एक करोड ११ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा निष्क्रिय कर्जाको अनुपाता शुन्य रहेको छ भने प्रति सेयर आम्दानी २७ पैसा रहेको छ । यसैगरी फाईनान्सको प्रतिसेयर नेटवर्थ भने ६९ रुपैयाँ १६ पैसा रहेको छ ।
गत आवको सोही अवधिमा भने फाईनान्सले १३ करोड ९३ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक करोड ६७ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६० लाख ५६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा एक दसमलव ९५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।