काठमाडौं, २८ माघ । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित प्राय धेरै देशको विनिमयदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४७ पैयाँ ८८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-