•  

    काठमाडौं । संघीय सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी हुने चर्चा चलिरहँदा राजपा अध्यक्षमण्डलका तीन सदस्य भने सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

    पछिल्लो समयमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग नजिक रहेको चर्चा चलिरहेका बेला राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव नयाँदिल्ली पुगेका हुन् । पाँच दिनअघि भण्डारी, तीन दिनअघि महतो र एक दिनअघि यादव नयाँदिल्ली गएका हुन् ।

    दुई महिनाअघि राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर गएर फर्किएपछि तीन नेता दिल्ली पुगेका हुन् । केही दिनभित्रै अर्का नेता महेन्द्रराय यादवसमेत दिल्ली जाने राजपा स्रोतको भनाइ छ । संघीय सरकारमा राजपा सहभागी हुने र प्रदेश २ सरकारको गठबन्धन परिवर्तन गर्दै नयाँ सरकार बनाउने चर्चा चलिरहेको बेला राजपाका नेताहरू सुटुक्क दिल्ली जानुलाई चासोका साथ हेरिएको छ ।

    सत्तारूढ नेकपासँग दुई बुँदे समझदारी गरेको राजपा नेपाल संघीय सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ । प्रदेश २ मा समाजवादी पार्टी र राजपा नेपालको गठबन्धन सरकार परिवर्तन हुँदै छ । प्रदेश २ मा नेकपा र राजपा नेपाल गठबन्धनको सरकार निर्माण हुने चर्चा चलिरहेको छ ।
    (राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…