काठमाडौं, १ फागुन । नेपाल बजारमा साताको पाँचौं दिन आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । गत सोमबार देखि घटेको विनिमयदर आज बढेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-