• काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

    पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मु द्दा लगाएको भन्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेता/कार्यकर्तालाई सुनियोजित रूपमा सरकारले झुठा मु द्दा लगाउने, द मन गर्ने गरेकोले चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णयमा पार्टी पुगेको हो ।

    कांग्रेसले सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको पनि आ रोप लगाएको छ ।

    ‘सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म र भावनाविपरीतका विधेयक तथा जनविरोधी क्रियाकलापविरूद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

    तर कांग्रेसले विरोधका कार्यक्रम के गर्ने र कहिले गर्ने भन्नेबारे प्रष्ट खुलाएको छैन ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…