• काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले नेकपाका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओलीसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

    बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो स्पष्टीकरण दिएका हुन् । ओलीसँग गोप्य वार्ता भएको भन्दै नेताहरुले बिरोध गरेका थिए । सत्ताधारीसँग कुनै सम्झौता गरेको छैन भन्दै देउवा कड्किएका थिए एक नेताले भने ।

    पछिल्लो समय उनीमाथि सरकारसँग सम्झौता गरेको आरोप लाग्ने गरेको छ । उनीमाथि विभिन्न नियुक्तीको लागि आफ्ना मान्छेलाई प्रधानमन्त्री ओलीसमक्ष सिफारिश गर्ने गरेको आरोप लागेको छ । हालै उनले अख्तियारको आयुक्तको लागि पनि प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरेको हल्ला चलेको थियो ।

    सत्तासँग मिलेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भागबण्डामा सामेल भएको आरोप लागेको थियो । उनले केन्द्रिय कमिटी बैठकमा यी सबै आरोप र हल्लामा कुनै सत्यता नभएको जिकिर गरे ।

    उनले सरकार गठन भएको दुई वर्ष पूरा भएको र यो बीचमा सरकारले देश र जनताको हितमा खासै काम गर्न नसकेको आरोप लगाए । अब सरकारविरुद्ध सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् । गलत कामको भण्डाफोर गर्ने बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…