• फागुन २, पथरी ।
    मोरङको पथरी उद्योग वाणिज्य संघले कार्यालय भवनको शिलान्यासको तयारी थालेको छ ।
    उवासं पथरीले गत वर्ष खरिद गरेको आफ्नो नामको ३ कठ्ठा जमिनमा कार्यालय भवन निर्माणको शिलान्यास आगामी फागुन ५ गते तय गरेपछि भवन बन्ने पक्का भएको हो ।
    गत वर्ष जग्गा खरिद गरेर एक कदम अगि देखिएको उद्योग वाणिज्य संघ पथरीले फागुन ५ गतेका लागि तयारी गरेको १७ औँ साधारणसभाकै अवसर पारेर भवन शिलान्यास गर्ने भएको हो ।
    अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको योजना रहेको बताउदै संघका अध्यक्ष दिपक बस्नेतले सो भवनमा कार्यालय प्रयोजनका लागि कोठाहरुको अलावा सुविधा सम्पन्न अतिथि सदन र हलको व्यवस्था हुने बताउनु भयो ।
    यसका साथै यथेष्ट पार्किङ सुविधा सहितको भवन निर्माण हुने बस्नेतको भनाई छ । गत बर्ष ५३ लाख रुपैयाँमा खरिद गरिएको जग्गामा ४ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण गर्ने लक्ष्य उद्योग वाणिज्य संघ पथरीको रहेको छ ।
    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ सांसद एवम् संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा सम्पन्न हुने १७ औँ साधारणसभाको अवसर पारेर भवन शिलान्यासका साथै तीन दशक लामो संघको जीवनदर्पण सङ्गृत स्मारिका लोकार्पणको तयारी गरिएको संघका अध्यक्ष बस्नेतले जनाउनु भयो ।
    साथै, एक पछि अर्को सफलता प्राप्तीको लयमा रहेको पथरी उद्योग वाणिज्य संघले पथरीमा कर कार्यालय स्थापनाका लागि पहल गरि कर कार्यालय ल्याउने टुङ्गो सहित प्रक्रियामा रहेकै बेला भवन शिलान्यासलाई समेत अगाडि बढाएको हो ।
    संघको १७ औँ साधारण सभा फागुन ५ गते नगरको २ नम्बर वडामा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने विहिवार होटल साल्पमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …