कटारी /नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रमानसिंह राउतको निधन भएको छ । आज विहान ८ बजे काठमाडौंस्थित निजिनिवासमै राउतको निधन भएको नेपाली काँग्रेस नगर कमिटी कटारीका सभापति गोपी पराजुलीले पुष्टि गर्नुभयो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालयका पूर्व सचिव तथा जिल्ला कार्यसमिति उदयपुरका पूर्वसचिव नेता राउतको ६२ वर्षको उमेरमा निधन भएको पनि पराजुलीले पुष्टि गर्नुभयो । ब्रेन क्यान्सरको विरामी अवस्थामा रहेका राउतको निजि निवासमै असामयिक निधन भएको खबरले काँग्रेस मर्माहत भएको भन्दै काँग्रेस टोली अहिले जनकपुरबाट जहाजमा काठमाडौं जाँदै गरेको पनि पराजुलीले बताउनुभयो ।
कटारी नगरपालिकाको गएको स्थानिय निर्वाचनमा नगरपालिका प्रमुख मेयर पदको प्रतिष्पर्धि रहेका राउत कटारीका बौद्धिक राजनीतिज्ञका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।