अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ ।
भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ ।
यो सिजनमा अमला सजिलै पाइन्छ । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । समग्रमा अमलाको जुस औषधिय गुणले भरिपुर्ण छ । यसर्थ स्वाद र औषधिले भरिपूर्ण अमलाको अचार वा तितौराका साथै यसको जुस बनाएर पनि पिउने गरौं । अमलाको जुसले कस्ता रोगहरु निको पार्छ पुरा जानकारी हेर्नुहोस् भिडियोमा
https://www.youtube.com/embed/CmMv1s_BT_M?fbclid=IwAR07_cv-zgC1tU3ALlj74SsxHl4dy4v1whWzOdKPxfg-wRYxFdPcNOjNVwg