• काठमाडौं, ४ माघ – नेपाल तरुण दलले केन्द्रीय कार्य समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ।

    नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा बिहीबार बसेको बैठकले निर्वाचन भएको १६ महिना बित्दा पनि तरुण दलको केन्द्रीय समिति चाँडो विस्तार गर्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो।

    यस्तै बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय गरेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिएका हुन्।

    बैठकले महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको महासचिव शाहीले बताएका छन्।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…