• काठमाडौं, माघ ५

    सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबारलाई सरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

    यसैबीच, निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन तयार गरेको छ । प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै प्रतिवेदन बुझाउने गरी राष्ट्रपति कार्यालय र सरकारसँग समन्वय भइरहेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…