• रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भूकम्प नै गएको छ । सत्तारुढ दल भए पनि व्यवहार भने अपमानजनक हुँदा पार्टी भित्रका नेता कार्यकर्तामा वितृष्णा जागृत भएको छ ।

    उक्त क्रममा नेकपा परित्याग गरी धमाधम नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

    सोमबार मात्रै जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ का ७३ जना स्थानीयहरु नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    गाउँपालिका तील्पङुको ताप्केमा सोमबार आयोजित एक धार्मिक कार्यक्रमबीच उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नेकपा परित्याग गर्दै उनीहरु कांग्रेसमा प्रवेश पाएपश्चात खुशी मनाएका छन् । उनीहरु एकै गाउँ र टोलका हुन् ।

    नेकपाले आफूहरुलाई धोका दिएको, झुठो बोलेको, स्थानीयहरुलाई कुनै सहयोग नगरेको भन्दै कांग्रेसमा प्रवेश गरेको पार्टी प्रवेश गर्नेहरुले सामूहिक रुपमा बताएका छन् । उनीहरुले कांग्रेसले जनताहरुलाई झुठो नबोलेको जिकिर गरेका छन् ।

    कांग्रेसका जिल्ला नेताहरु गत चुनावमा पराजित भए पनि उनीहरुले चुनावी मैदानमा उत्रिदा जनाएका प्रतिवद्धता र बाचाहरु पूरा गर्न लागेका छन् ।

    विभिन्न एम्बुलेन्स्, शव वहान, जिल्लाका विद्यालहरुलाई आर्थिक तथा भौतिक सहयोग, सुत्केरी हुन नसकेका महिलाहरुको उद्धार लगायत विभिन्न उदाहरणीय काममा नेपाली कांग्रेसका जिल्लाका नेताहरु पछिल्लो समय आहोरासत्र खट्न थालेका छन् ।

    पार्टी प्रवेश गराउदै नेपाली कांग्रेसका सभापति लवश्री न्यौपानेले आगामी दिनमा स्थानीयहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…