•  

    काठमाडौँ — कांग्रेस सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले दायर गरेकाे मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथासँग जोडेर पौडेलप्रति व्यंग्य गरेका हुन् ।

    सांसद थापाको भनाइ उनकै शब्‍दमाः

    कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नम:।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…