• मानेभञ्ज्याङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई नालायक र गफाडीको संज्ञा दिएका छन् ।

    ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङमा शनिबार आयोजित कार्यक्रममा युवा नेता खतिवडाले ओली सरकारलाई भ्रष्टहरूको जमातको आरोप पनि लगाए ।

    ‘खड्गप्रसाद ओली नेतृत्वको यो सरकार नालायक र गफाडी सरकार हो’, उनले भने, ‘दुई वर्षमा ठूला–ठूला भ्रष्टाचार भएका छन् । हत्या, हिंसा बढेका छन् ।’

    खतिवडाले भनेका छन्, ‘सरकार बनाउँदा उत्साहजनक, परिणाम निरासा जनक छ । यो सरकारका कारण जनता दिक्दार बनेका छन् ।’

    ‘सरकारको बोली कर्णप्रिय लाग्छ । काम दिक्दारी छ’, खतिवडाले भने, ‘यति नालायक सरकार इतिहासमा थिएन ।’

    ‘यो कम्युनिस्ट सरकारले एउटा बोल्ने अर्को गर्ने काम गर्छ’, नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘एउटै क्याबिनेमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूलाई विभेद गरिएको छ । बालुवाटार जग्गा प्रकरणमा कसैलाई मुद्धा चलाउने, कसैलाई बचाउन काम भएको छ ।’

    ओली नेतृत्वको कम्युनिस्ट सरकारको पालामा दुई वर्षमा ठूला–ठूला भ्रष्टाचार भएको उनले आरोप लगाएका छन् ।

    ‘फोरजी घोटाला, बुढीगण्डकी घोटाला, मेलम्ची घाटाला, यती समूहलाई सरकारी सम्पत्ति दिने, एनसेल कर प्रकरण, बालुवाटारको जग्गा प्रकरण भएको छ’, उनले भनेका छन् ।

    ‘बालुवाटार जग्गा प्रकरणमा ओलीजीले माधवकुमार नेपाल र विष्णु पौडेललाई मुद्धा नचलाएर अभियुक्तका रुपमा प्रस्तुत गर्नुभएको छ’, नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘ओलीजीले जनताका नजरमा माधवकुमार नेपाल र विष्णु पौडेललाई बालुवाटार जग्गा प्रकरणमा डाम्नुभएको छ ।’

    नेता खतिवडाले मुलुकको सीमा मिचिदा केही बोल्न नसकेको भन्दै निर्वाचनका बेला देखाएको राष्ट्रवाद लम्पसार परेको बताए ।

    कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले संसदमा आफ्नो दुई वर्षको उपलब्धिहरूका विषयमा जानकारी दिए लगत्तै नेपाली कांग्रेसका युवा नेता खतिवडाले कडा प्रतिक्रिया दिएका हुन् ।

    https://youtu.be/IVONw1XPBuk

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…