काठमाडौं, ८ फागुन । नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १७ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-