•  

    काठमाडौं, फागुन ९

    सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्यले ७८ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

    बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

    त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

    विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

    त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

    बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको सुन शुक्रबार बढेर प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा पुगेको छ।

    अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …