• बाँके - भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ ।

    महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ ।

    रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए ।

    शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनिएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए । उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको उनले बताए । ‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिनप्रतिदिन जटिल बन्दै गएको छ,’ डा. आचार्यले भने ।

    वीर अस्पताल रिफरको तयारी
    भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले काठमाडौं रिफर गर्ने तयारी गरेका छन् ।

    निलम्बन भइन् नर्स
    चिकित्सकले दिएको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले बताए । उनले बिरामीले पाएको दुःखको क्षतिपूर्ति भर्न नसकिए पनि अस्पताल प्रशासनले बिरामीको निःशुल्क उपचार गर्ने बताए ।

    यसरी भयो घटना
    महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि गत २१ पुसमा बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूलाई परिवारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरे । चिकित्सकले उनलाई गाइनोलोजी विभागमा भर्ना गरे । भर्ना भएकै रात उनलाई ‘ओ पोजेटिभ’ रगत दिइयो ।

    स्वास्थ्यकर्मीले २२ पुस बिहान उनलाई थप एक पिन्ट (प्वाइन्ट) रगत दिनुपर्ने सल्लाह दिए । उनका बाबु राजु रगत लिन नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र गए । तर, उनलाई ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएर पठाइयो । ‘मसँगै गएका अर्को व्यक्तिलाई ‘ओ’ र मलाई ‘बी पोजिटिभ’ रगत दिएर पठाइयो, मैले रगतको पोका दिनासाथ स्टाफ नर्सले रगत चढाउनुभयो, त्यसको केहीबेरमै छोरीको शरीरमा फोकाहरू देखियो,’ उनले भने ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…