काठमाडौं, १२ फागुन । नेपाली बजारमा साताको दोस्रो दिन आज फागुन १२ गते सोमबार युरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र बहराइन दिनारको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३१ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-