• काठमाडौं,५ माघ । बडामहाराजाधिराज पृथ्वी नारायण शाहदेवलाई थुक्ने आङ्काजी लगायतको समुह बिरुद्ध ज्ञापन पत्र बुझाउने क्रममा दुरब्यवहार भएको छ ।

    आज हिन्दु जागरण नेपाल बिद्यार्थी परिषद्ले प्रधानमन्त्री ,बिभिन्न मन्त्रालय र राजनीतिक दलहरुको कार्यलयमा ज्ञापन पत्र सहित ध्यानार्कषण गराउने क्रममा हप्की दप्की खानु परेको हो ।

    संस्कृति मन्त्री  जितेन्द्र नारायण देवले ज्ञापन पत्र लिने क्रममा हिन्दु जागरण नेपालका पदाधिकारीलाई उल्टै थर्काएर अपमान जनक ब्यवाहार गरेकाहुन् । तपाईहरुले के ज्ञापन पत्र लिएर आएको ? म यस्तो ज्ञापन पत्र बुझ्दिन भन्दै रन्किएका थिए ।

    हिन्दु जागरण नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको निजि सचिवालय र रक्षा मन्त्री भिमसेन दास प्रधानको निजि सचिवालयमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ ।

    त्यसैगरि, पृथ्वीनारायणलाई थुक्ने बिरुद्ध नेकपा एमाले , नेपाली काङ्ग्रेस  सचिवालय समेत पुगेर ध्यानाआर्कषण गराइएको हिन्दु जागरणले एक विज्ञप्ती मार्फत जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाइएको ज्ञापन पत्र यस्तो

    सम्माननीय प्रधानमन्त्री ज्यु प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय काठमाडौ नेपाल ।
    ज्ञापन पत्र

    महोदय, आज हामी हाम्रा पूर्खाले गरेको महत्वपूर्ण योगदान , अथक परिश्रम र बलिदानको  कारणले गर्दा हामी नेपाली हौं भनेर गर्व गर्ने स्थान पाएका छौं साथै नेपालको एकीकरण गरेर आज हामी हाम्रो नेपाल र राम्रो नेपाल भनेर विश्वमा कहिले शिर नझुक्ने अवस्थामा पुर्याउने स्वर्गीय बडामहाराजाधिराज पृथ्वी नारायण शाहदेवलाई हरेक नेपालीले सम्मान गर्दछ र पूर्वजको योगदानलाई सम्मान गर्नु पनि हाम्रो सनातनीय शिष्टाचार पद्धति हो ।

    तर हाल उहाँकै बारेमा राज्य बाट गैर वास्ता गरेर उहाँ प्रति विषवमन गर्ने र गर्न लगाउने समुहको विरुद्ध कुनै पनि प्रतिक्रिया राज्य बाट नआउनुले यो देश आगामी  समयमा विदेशको गुलाम बन्दैन भन्ने कुनै ग्यारेन्टी देखिएन । हालको परिस्थितिले पनि अवगत गराउँदै लगेको छ ।

    हामी नेपालीको प्राचीन शिष्टाचार भनेको जुन थालमा खायो त्यहि थालमा फोहोर प्mयाल्नु पटक्कै हैन । हाम्रो नेपाल सदीयौं देखि विविधता अनेक जात–जाती भाषा–भाषीका आ–आफ्नो भेषभुषा, संस्कार, रिति, परम्परा, पहिचान आदिमा संरक्षण गर्दै एक अर्कामा सद्भाव राखि देशलाई एकतामा जोड्न सफल र विविध स–साना राज्यमा खण्डित हाम्रो देशलाई चारजात छतीस वर्णको फुलबारी स्वरुप बनाउने नेपाल एकीकरणका महान् अभियन्ता प्रति उहाँकै जन्मदिनको दिन राष्ट्रीय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९६औं जन्म जयन्ती एवमं राष्ट्रीय एकता दिवसका अवसरमा विभिन्न ठाउँमा मनाई रहँदा जनजाती महासंघमा रहेका आङ्काजी प्रभृतिका समुहले गाली गलौज संगै थुकेको भिडीयो सार्वजनिक भएको देख्दा हिन्दुजागरण नेपाल खेद ब्यक्त गर्दछ, साथै यस्ता देशका राष्ट्रीय बिभूतिहरु अपमान गर्ने आङ्काजी प्रभृतिका अराजक तत्वहरुको खोजी खोजी कारबाही गरियोस भन्न अनुरोध गर्दछौं ।

    यदि यहि तरीकाको कुसंस्कारको विकास गर्ने हो र यस्ता आपराधिक तत्वलाई समयमै कानूनी तरिकाले सजाय नदिने हो भने सम्माननीय व्यक्तिहरुलाई अपमान गर्ने संस्कारको अशुभारम्भ अवश्य हुनेछ र यसबाट कोही पनि बच्न सक्ने छैनन् तसर्थ यस घृणित कार्यको घोर भर्त्सना  गर्दै कानुन बमोजिम कारवाही सम्बन्धित निकाय बाट होस् भन्ने अनुरोधको साथ ज्ञापन गर्दछौं ।

    जगन्नाथ सुवेदी संयोजक हिन्दुजागरण नेपाल बिद्यार्थी परिषद्

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…