• काठमाडौं । व्यवसायीले गरगहना बनाउनका लागि आबश्यक सुन बैंकबाट खरिद गर्नु पर्ने व्यवस्था रहेको छ ।

    तर, बैंकबाट सुन व्यवसायीहरुले खरिद नगरी विभिन्न व्यक्ती तथा संंस्थागत रुपमा चोरी निकासी हुदै आएको सुनलाई राजधानीकै नाम चलेका सुनपसल सञ्चालकहरुले अबैधरुपमा किन्ने गरेको खबर प्राप्त भएको छ ।

    विश्व बजारमा सुनको मूल्यले ८ वर्ष अघिको रेकर्ड नै नतोडेपनि दैनिक मुल्य भने आकाशिएको छ ।

    काठमाडौंको न्यूरोड स्थित बिशालबजारका कतिपय सुन पसलको भित्रि धन्दा पनि अर्कै रहेको स्रोतले जनाएको छ । उनीहरुले राजश्व समेत छल्दै आएका छन् ।

    अबैध रुपमा नेपाल भित्राएको सुन र चोरीको सुनलाई आफ्नो अनुकुल मुल्य निर्धारण गरेर खरिद गरि मंहगोमा बिक्री भइरहेको छ । अझ भन्ने हो भने सुनको मुल्य दैनिक चुलिएको हो । राजधानीका आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस , रिद्धिसिद्धी ज्वेलर्सलगायतको पसलबाट अधिकाशं चोरीको सुनका गरगहना बिक्री गरिदै आएको स्रोतले जनाएको छ ।

    उनीहरुले राजश्व छली यस्तो धन्दालाई ग्राह्य दिएका छन् । प्रहरीले न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठ, प्रमोद श्रेष्ठलाई गत वर्ष नियन्त्रणमा लिई गरेको अनुसन्धानबाट चोरीको सुुन खरिद गरी बिक्री गर्ने गरेको रहस्य खुलेको हो ।

    विशालबजार स्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि चोरीकै सुन खरिद गरी बिक्री गर्नेको सूचीमा रहेका छन् । साइराम ज्वेलर्सका सञ्चालक अमोल विभु र भाइचन्द्र भन्ने व्यक्ती समेत चोरीको सुनको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ ।

    सुन तस्करका प्रमुख एजेन्टका रुपमा रहेका रामहरि कार्की गत वर्ष पक्राउ परेलगत्तै उनीहरू अबैध धन्दामा संलग्न हुने गरेको खुलेको हो । यसरी बैंकबाट सुन खरिद नगरि अबैध रुपमा नेपाल ल्याएको सुन सस्तोमा खरिद गरी अन्तराष्ट्रिय मुल्य सूचीअनुसार मंहगोमा बिक्री हुदै आएको समेत पाईएको छ । तर सुन व्यवसायीहरुले चोरीको सुन बिक्री गर्ने नगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यको दावी छ ।

    विश्व बजारमा सुनको मुल्य बृद्धि भएको मौका छोप्दै अत्याधिक मंहगोमा बिक्री गरिएको छ । त्यसो त कोरोना भाइरस संक्रमणका कारण सुनको मुल्यमा बृद्धि हुन गएको दाबी पुर्वअध्यक्ष शाक्यको रहेको छ ।

    केही सुन व्यवसायीहरुको सिन्डीकेटकै कारण अहिले विश्व बजारमा बृद्धि भएको सुनको मुल्यलाई आधार बनाएर सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । सन् २०१८ पछि डलरको मुल्यमा तीब्र गतिमा मंहगीन थालेसंगै २०२० मा आईपुग्दा १ डलर बराबर विनिमय दर ११४ रुपैयाँ पुगेको छ । सोही डलरको मुल्यबृद्धिको मौका छोप्दै नेपालमा पनि सुनको मुल्य बृद्धि गरिदै आएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …