• उर्लाबारी माघ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अबको लक्ष्य आर्थिक समृद्धि हुनुपर्ने बताएकी छन् । राजनीतिक परिवर्तन स्थापित भईसकेकाले अवको आगामी दिन आर्थिक समृद्धिका लागि केन्द्रीत हुनु पर्ने बताएकी हुन् ।

    मोरङको बेलबारी नगरपालिका–१ नक्सालबारीस्थित जनता आधारभुत निम्न माध्यमिक विद्यालयको स्वर्ण स्मारक अनावरण गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनले पूर्णता पाएको बताईन् । उनले निर्वाचनपछी मुलुक राजनीतिक स्थायीत्वसँगै आर्थिक समवृद्धि सवैको पहिलो एजेन्डा हुनु पर्ने बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले जनताले प्रयासले राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकोले अबका दिन दिगो विकास र आर्थिक समृद्धिमा राजनीतिक केन्द्रीत हुनु पर्ने बताइन् । उनले नेपाली जनताले अव परिवर्तन चाहेकाले कृषि, पुर्वाधार, पर्यटन क्षेत्रमा लगानी आवश्यक रहेको बताइन् ।

    राष्ट्रपति भण्डारीले जलबायु परिवर्तनका कारण मौसममा आएको परिवर्तन र त्यसले पारेको असरलाई न्यूनीकरण गर्नका लागि समयमै सचेत हुनु पर्ने औल्याइन् । उनले नदी कटान, भु–क्षय रोक्नका लागि चुरे संरक्षणमा ध्यान दिन जोड दिइन् । उनले चुरे संरक्षण कार्यक्रममार्फत चुरे विनाशलाई रोक्न नसके तराईको उर्वर भुमिमा क्षति पुग्ने भएकोले सबै सचेत रहनु पनेमा जोड दिइन् । उनले समितिलाई प्रभावकारी वनाउनेतर्फ ध्यान जानु पर्नेसमेत वताइन् ।

    राष्ट्रपतिले उपयोगी शिक्षा आजको आवश्यकत भएकाले सामुदायिक विद्यालयको शिक्षालाई प्रभावकारी वनाउन राज्यले लगानी वढाउनु पनर्माे जोड दिइन् ।
    उनले उत्तरी मोरङमा पर्यटनक्षेत्रको विकासको प्रचुर संभावना भएकाले विदेश पलायन हुने यूवाहरुलाई कृषि र पर्यटनमा जोड्न गरी राज्यले योजना वनाउनु पर्ने वताइन् ।
    राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयलाई विकासको लागि राज्यको उचित ध्यान जानु पर्नेमा जोड दिइन् । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री राजनकुमार केसी र सांसद भानुभक्त ढकालले अवको शिक्षा युवा स्वरोजगार हुनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संभु खनाल, वेलवारी नगरपालिका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्य्म निरौला तथा स्वर्ण महोत्सव मुलआयोजक प्रचार प्रसार समितका संयोजक भिम वस्नेत लगायतले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।
    राष्ट्रपति भण्डारीले २०४३ साल माघ २ गतेदेखि २०४६ साल फागुन २४ गतेसम्म शिक्षण गराएको उक्त विद्यालयको स्वर्ण महोत्सवको अवसरमा स्वर्ण स्मारकको अनावरण गरेकी हुन् । सो अवसरमा राष्ट्रपती भण्डारीले विद्यालयलाई जग्गा प्रदान गर्नुहुने दिलमाया मगर, विष्णुमाय मगर तथा सुरेन्द्र राहुललाई सम्मान गर्नु गरेकी थिईन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…