काठमाडौं, १४ फागुुन । आज बुुधबार नेप्से ५० दसमलव ९३ अंकले बढेर १५ सय ९६ दसमलव १३ अंकमा पुुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४९ अंकले बढेर तीन सय ३६ दसमलव पाँच अंकमा पुुगेको छ ।
एक सय ८० कम्पनीहरुको ३२ हजार एक सय ५४ वटा कारोवारमा ९९ लाख छ हजार नौ सय ८९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको छ ।
१२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५० दसमलव ४७ अंकले बढेर १३ सय ५६ दसमलव ८६ अंकमा पुगेको छ ।
बिकास बैंक समुहको सुचक ३० दसमलव ६६ अंकले बढेर दुई हजार २५ दसमलव पाँच अंकमा पुुगेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।