• कैलाली, ६ माघ । वाणिज्यमन्त्री मीन विश्वकर्माले नेपाली काँग्रेस पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

    नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले जनताले काँग्रेसलाई प्रतिपक्ष भएर बस्नका लागि जनादेश दिएकाले सरकारमा नजाने बताए । नेपाली काँग्रेसका नेतासमेत रहेका विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर आन्दोलन नगर्न आग्रह गरे ।

    संविधानको पूर्ण कार्यान्वयन गराउन राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बाध्यता छ र त्यसका लागि वर्तमान सरकारले अस्थायीरुपमा राजधानी तोकेको मन्त्री विश्वकर्माले स्पष्ट पारे ।

    उनले सम्बन्धित प्रदेशले विधिसम्मत ढंगले आफ्नो राजधानी तोक्न सक्ने जिम्मेवारी भएकाले त्यसैमा अल्झिएर आन्दोलन गरिरहन उपयुक्त नभएको उल्लेख गरे ।
    “राजधानी तोकिँदैमा विकास हुन्छ भन्ने मनसायबाट हामी जानु हुँदैन” मन्त्री विश्वकर्माले भने “देश संघीय संरचनामा गइसकेको छ, सम्पूर्ण अधिकार स्थानीय तहमा पुगिसकेका छन् । राजधानी जहाँ भए पनि स्थानीयवासीलाई कुनै असर पर्दैन ।” उनले नेपाली काँग्रेसप्रति जनताको विश्वास, लोकप्रियता, भरोसा अझै कायम रहेको बताए ।

    उनले वर्तमान सरकारले ७ नम्बर प्रदेशको विकासका लागि महाकालीको डिपीआर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, गौरीफण्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा पोलिटेक्निकल इन्ष्टिच्युट बनाउने काम अघि बढाइसकेको बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…