•  

    उर्लाबारी, ६ माघ । इन्टरनेट सेवा प्रदायक कंपनी वर्ल्डलिंकले ग्राहकको माग अनुसार मोरङको उर्लाबारीमा १२ औं सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।

    सम्पर्क कार्यालयको उद्घाटन उर्लाबारीका नगरपालिकाका मेयर खड्ग फागोले गरेका हुन् । नयाँ सम्पर्क कार्यालय संचालनमा आएसँगै ग्राहकले वर्ल्डलिंकसँग सजिलै सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्ने वर्ल्डलिंक दमक शाखाका प्रमुख राजन तिम्सिना बताएका छन् । हाल उर्लाबारी सम्पर्क कार्यालयको प्रमुख समेत रहेको तिम्सिनाले उर्लाबारी लगायत पूर्वका विभिन्न शहरहरुमा सम्पर्क कार्यालयहरु संचालनमा आइरहेको पनि जानकारी गराए । शाखा प्रमुख तिम्सिनाका अनुसार उर्लाबारीमा वर्ल्डलिंकको सेवा सुचारु गरेको १ महिनाको अवधिमा ५ सय भन्दा बढी सेवा ग्राही रहेको बनाउँन सफल भएको छ ।



    देशका विभिन्न ठाउँहरुमा बसोबास गर्ने मानिसले सजिलै वर्ल्डलिंकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने पूर्वाञ्चल टेक्नीकल म्यानेजर जितेन्द्र कर्णले बताए ।

    वर्ल्डलिंकले १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग गर्ने ग्राहकहरुलाई जडान शुल्क नलाग्ने बताएको छ । नेपालभरी वर्ल्डलिंकको ६३ वटा शाखा रहेका छन् भने पूर्वमा ५ वटा शाखा रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…