• काठमाडौं, ६ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं फर्केका छन् । झण्डै तीन हप्ता नेपालगञ्ज र आसपासका जिल्लाहरूको भम्रण गरेका पूर्वराजा शाह श्री एयरलाइन्सको उडानबाट साढे दुई बजे काठमाडौं आइपुगेका हुन् ।

    परिवारका सबै सदस्य यसअघि नै काठमाडौं फर्किसकेकाले पूर्व राजा शाह एक्लै काठमाडौं फर्केका हुन् । १३ पुसमा नेपालगञ्ज प्रस्थान गर्दा पूर्वराजाका साथमा पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा लगायत थिए ।

    त्यसमध्ये जेठी छोरी पूर्णिकालाई ब्याङ्कक पुर्याउनु पर्ने भएकाले पुस १९ गते हिमानी काठमाडौं फर्किसकेकी थिइन् । नेपालगञ्ज बसाइका क्रममा पूर्वराजा शाहले कैलाली, सुर्खेत, दाङ लगायतका जिल्लाका धार्मिक केन्द्रहरूमा पुगेर पूर्जअर्चना गरेका थिए ।
    त्यसबाहेक उनी भारतको लखनउपनि पुगे, जहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।

    मध्यपश्चिम र सुदूर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो । पूर्वराजा शाह आफ्नो समेत लगानीमा नेपालगञ्जमा खोलिएको सोल्टी होटलको उदघाटन र व्यापार बृद्धिका लागि त्यसतर्फ गएका थिए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…