• रबिन्द्र बराल
    रंगेली,मोरङ
    माघ ६ गते । रंगेली नगरपालिकाले आर्थिक बर्षको प्रथम नगरसभा बाट पारित नीती,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
    नगरसभाले कुल ५४ करोड रुपैया वराबरको योजना मा बजेट ल्याएको छ ।
    नगरपालिकाले शनिबार एक कार्यक्रम विच बजेट सार्वजनिक गरेको हो । कार्यक्रम को प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डल प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी र नगरपालिका का मेयर दिलीप वगडीयाले संयुक्त रुपमा योजना पुस्तिका सार्वजनिक गरी बजेट सार्वजनिक गरेका थिए ।
    नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि ५३ करोड ७८ लाखको योजना ल्याइएको नगरपालिका अधिकृत लक्ष्मी प्रसाद रेग्मीले बताए । स्थानीय समस्याहरुलाई आधार बनाएर जनसहभागीता मुलक योजनालाई बजेटले जोड दिएको छ ।
    बजेटले नगरक्षेत्रको भौतिक पुर्वाधार विकास संगै आर्थिक, सामाजिक, शैक्षिक, कृषि, स्वास्थ्य, वातावरण, मठमन्दिर र लक्षीत वर्गको सशक्तिकरण लाई प्रमुख प्राथमितामा राखेर नगरस्तरीय कार्यलाई जोड दिएको छ ।


    नगरसभाले भौतिक पुर्वाधार विकास कार्यक्रममा ६ करोड रकम विनियोजन गरेको छ ।
    भने प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनका लागी ४ करोड ७४ लाख रुपैया बजेट छुट्याएको छ । समपुरक कोषमा २ करोड १७ लाख ५० हजार रुपैया राखीएको छ ।
    नगरसभाले प्रत्येक वार्डहरुमा ७०÷७० लाख रुपैया योजना बनाए छ । सिमा क्षेत्र विकास कार्यक्रमलाई २३ लाख रुपैया विनियोजन गरेको छ ।
    सबै वडा कार्यालयको नेटवर्किङ्ग गर्नका लागी आवश्य बजेट विनियोजन गरेको छ । नगरसभाले नगरपालीका भवन तल्ला थपका लागी १ करोड, कालि मन्दिर रंगेली धर्मशाला निर्माणका लागी ४५ लाख, जनता क्याम्पस भवन निर्माणलाई ३५ लाख, सडक वत्तिका लागी भ्यापरलाईट र मिटर खरिदका लागी ५० लाख, विपद व्यवस्थापनका लागी १ करोड, निचामारी बक्राह खोला नियन्त्रणका लागी १ करोड, रंगेली बसपार्क निर्माणका लागी ७५ लाख, जर्विटोल–शुक्रवारे सडक कालोपत्रे गर्न ६५ लाख, तिरुपती आर्यघाटपार्क निर्माणका लागी २० लाख रुपैया छुट्याएको छ ।
    शैक्षिक पुर्वाधार विकासका लागी १५ लाख, खेलकुदका लागी २५ लाख, सडक र्ममतका लागी २ करोड संगै दर्वेशा वडा कार्यालय सटर निर्माणका लागी समेत बजेट छुट्याइएको छ । नगरसभाले स्वास्थ्य, शिक्षा र पशु विकासका लागी १६ करोड ६६ लाख रुपैया तोकेको छ ।
    सो अवसरमा प्रमुख अतिथि पुर्व मन्त्री एव प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डल, प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी, माओवादी केन्द्र रंगेली इन्चार्ज श्रवण राय, नेकपा एमालेका सन्तोश कुमार साह, नेपाली काग्रेसका जगरनाथ मण्डल, मेयर दिलीप वगडीयाले नगरसभा बाट पारित योजना कार्वान्वयनको जोड दिनुभएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …