फागुन १६, काठमाडौं । झापाकी रचना रिमाल फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन-३ बाट बाहिरिएकी छन् ।
नेपाल आइडलको जारी तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी रचना यो साताको शृंखलाबाट बाहिरिएकी हुन् । चितवनका केविन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा झापाकी रचना प्रतिस्पर्धाबाट बाहिरिइन् ।
तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट आएको आयोजकले जनाएको छ ।
उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लिइएको थियो । नेपाल आइडलमा अब ७ जना प्रतिस्पर्धी बाँकी छन्