• धनकुटा । प्रदेश नं.१ को केन्द्र आफ्नै पार्टीको सरकार हुँदा पनि नतोकेको भन्दै नेपाली कांग्रेससंग सम्वद्ध रहेको धनकुटा जिल्लाको गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीहरुले आ–आफ्नो पदवाट संयुक्त राजिनामा दिएका छन् ।
    नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिइएको हो । आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा राणाकाल, पञ्चायतकाल, वहुदलिय व्यावस्थामा समेत क्षेत्रिय सदरमुकामको रुपमा कायम रहेको, प्रयाप्त भौतिक पुर्वाधार रहेको, सवै जिल्ललाई सडक संजाल जोडिएको, सुरक्षा दृष्ट्रिकोणले उपयुक्त, भौगोलिक सुगमता र हावापानीले समेत उपयुक्त रहेको धनकुटालाई उपेक्षा गर्दै अन्तराष्ट्रिय सिमा क्षेत्रमा पर्ने गरी अस्थायी राजधानी तोकिएमा आम धनकुटेली अत्यन्तै दुःखी एवं अन्यायमा परेका छौं भनिएको छ ।

    धनकुटेली जनताले विगत ३६ दिन देखी लगतार आन्दोलन गर्दा पनि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको अदुदर्सि र अन्यायपुर्ण निर्णय प्रति नेपाली कांग्रेस धनकुटा गम्भिर रुपमा असहमती र खेद व्यक्त गरिएको पार्टी सभापति अग्नी प्रसाद पौडेलले वताए । उनले जिल्लावासीको आन्दोलनलाई अझ् शसक्त र सफल वनाउन जनभावानाको उच्च कदर र समर्थन गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरु, गाउँ, नगर समितिका पदाधिकारीहरु, भातृ संस्थाहरुका पदाधिकारीहरुको सनिवार देखी आ–आफ्नो पदवाट संयुक्त राजिनामा दिएको वताएका छन् ।
    प्रेस विज्ञप्तीको अन्त्यमा प्रदेश नं.१ को अस्थायी राजधानी धनकुटालाई सुनिश्चत गर्न गराउन धनकुटा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभाका सांसदहरुलाई अभियानमा साथ दिन आग्रह समेत गरिएको छ । पत्रकार सम्मेलनको अध्यक्षतमा पार्टी सभापति अग्नी पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन पार्टी नेता खेम पौडेलले गरेका थिए । पत्रकार सम्मेलनमा पार्टी नेता दिनेश राई, विष्णु पौडेल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…