•  

    काठमाडौं फागुन १७, २०७६

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको बताएका छन् ।

    प्रेस सङ्गठन प्रदेश नं १ ले आज इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पत्रकारले पार्टीको काम र पत्रकारिता पेशालाई बराबरीरूपमा अगाडि बढाउनुपर्ने बताए ।

    सरकार परिवर्तन भएको मात्र नभएर प्रणाली नै परिवर्तन भएकाले सरकारले निर्माणको कामलाई अघि बढाएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

    “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने काम गरेका छौँ, औद्योगिक क्षेत्रको निर्माणलाई प्रोत्साहन र ऊर्जा विकासको काम प्रारम्भ गरेका छौँ, हामी विकासका लागि योजनाबद्धरूपमा अघि बढिरहेका छौँ”, उनले भने ।

    सरकारले पनि पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै उनले एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुनेछ भने ।

    पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्र्ज भीम आचार्यले जनतालाई सही सूचना पु¥याउने काममा पत्रकारले जोड दिनुपर्ने बताए ।

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले उल्लेख्य काम गरेको बताए ।

    कार्यक्रममा नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्र्य थापा, नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रेस सङ्गठन केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थि प्रेस सङ्गठन प्रदेश नं १ का संयोजक राजन केडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सात बुँदे इटहरी घोषणापत्र जारी गरेको थियो ।

    रासस

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…