फगुन १८, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नोपाली काँग्रेसका सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्व तयारीलाई तिव्रता दिनुपर्ने देउवाले बताए । विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरेका छन् ।
प्रतिनिधिसभाकाे आइतबारको बैठकमा सुरुमै सभामुखसँग समय मागेर बोल्ने क्रमामा सुरुमा कोरोना भाइरसका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि उनले पुरै समय सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकणका विषयमा बाेलेका छन् । सभपति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनुमा सरकारको नियत के हो भनि प्रश्न गरेका छन् ।
देउवाले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले राजीनामा दिएको हप्ता दिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुका पछाडी गम्भीर नियत लुकेको बताएका हुन् । ‘हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन् ? हामी भित्र को–को पर्छन् ? भनि प्रधानमन्त्रीलाई प्रष्टपार्न भनेका छन् ।
छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भनेर प्रश्न समेत गरे । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तर्पाइको बोलीको विश्वसनियता कमजोर भएन् ?’ उनले प्रश्न गरे ।
सभापति देउवाले सरकारले जारी गरेको नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयबाट ध्यान अन्त मोड्न खोजेको आरोप लगाए । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ । टेलिकमको प्रकरणमा अर्बौं भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’ देउवाको प्रश्न छ ।
उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिएका छन् । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए ।
उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे ।