• काठमाण्डौ,७ माघ । एमाले र माओवादी केन्द्रले प्रदेश सरकारमा भागबन्डा, राष्ट्रियसभा सदस्य उम्मेदवारी चयन र पार्टी एकता प्रक्रियालाई आज टुंगोमा पुर्याउने भएका छन् ।

    दुवै दलका अध्यक्षबीच ओली निवास बालकोटमा हिजो भएको बैठकमा प्रदेश सरकार गठन, राष्ट्रियसभा उम्मेदवार चयन र पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन आज एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो यी तीनै विषयमा करिब तीन घन्टा वार्ता भएको थियो । ओली र दाहालको बैठकपछि एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका एमाले नेताहरूले पार्टी एकताबारे छलफल गरेका छन् ।  त्यसैगरी नेकपा माओवादी केन्द्रले आज बिहान पार्टी हेडक्वार्टरका बैठक बोलाएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…