२१ फाल्गुन २०७६, बुधबार
काठमाडौँ ।
बुधबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २ सयले बढेर ८० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ । मंगलबार ७८ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।