• नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगन्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको भन्नेबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    नेपाल–भारत सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको भनिएको पिलरहरुको निर्माण र मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका साथै हालसम्मको कार्यप्रगति बारे समस्त देशवासीलाई जानकारी गराउन हामी नेपाल सरकारलाई आग्रह गर्दछौं
    िसीमाना मिचिएका खबरहरू बारम्बार विगतमा पनि बाहिर नआएका होइनन् र त्यसबारे नेपालका सीमाविद्हरूले गम्भिर चिन्ता व्यक्त गर्दै आएका पनि छन्। देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भिरतापूर्वक लिएर कहिँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउने खालका कुनैपनि गतिविधि हुन नदिन नेपाल सरकार दृढ रहोस् भनि हामी अनुरोध गर्न चहान्छौं।

    रमेश पौड्याल
    प्रवक्ता, विवेकशील साझा पार्टी

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…