फाेटाे स्राेतः गुगल
फागुन २२, काठमाडौं । बुधबार मात्र तोला २ सय रुपैयाँ बृद्धी भएर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज बिहिबार पनि तोलामा २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ८० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी महासंघका अनुसार बुधबार प्रतितोला ८० हजार २ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ८० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
बिहिबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८ सय ८० रुपैयाँले बिक्री बितरण भएको चाँदी आज पनि सोही मूल्य यथावत् रहेको छ ।